राष्ट्रपति पौडेलको जेनजी समुहसँगको छलफल सर्यो

२०८२ असोज २५ शनिवार
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूबीचको छलफल कार्यक्रम सरेको छ ।

काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूबीचको छलफल कार्यक्रम सरेको छ ।

 

आज बिहान १० बजेका लागि तय भएको छलफल राष्ट्रपति कार्यालय अगाडि जेनजी समूहले नारबाजी पछि सोमबारका लागि सारिएको हो ।

 

जेनजीका केही समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै शीतल निवास अगाडि नाराबाजी गरेका थिए । नाराबाजीपछि छलफल कार्यक्रम सोमबार दिउँसोसम्मका लागि सारिएको बताइएको छ ।

 

जेनजीका मागहरूको विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान १० बजे जेनजीका करिब २० प्रतिनिधिहरूलाई शीतल निवास बोलाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार