- काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महत्तले आज बैठक दिउसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।
काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महत्तले आज बैठक दिउसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।
विहिबारदेखि शुरु भएको पदाधिकारी बैठकले आज पनि निरन्तरता पाएको हो । विहिबारको बैठकमा पार्टीको विशेष महाधिवेशन गर्ने की नियमित महाधिवेशन गर्ने भन्ने विषयमा पदाधिकारी र पुर्व पदाधिकारीहरुले आआफ्नो धारणा राखेको प्रवक्ता महत्तले जानकारी दिएका थिए । आज पनि पदाधिकारीहरुले आफ्नो धारणा राख्ने र असोज २६ गतेदेखि बस्ने केन्द्रीय समितीको बैठकका एजेण्डा तय गर्ने उनले बताएका छन् ।
यो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी छैनन् । यो बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।