अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन् : डा.केसी
२०८२ असोज २४ शुक्रवार
- शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जीहरुले आफ्दो माग आफैं छाडेको बताए ।
काठमाडौं : राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले वर्तमान सरकारले जेनजीको कुनैपनि माग पूरा गर्न नसक्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जीहरुले आफ्दो माग आफैं छाडेको बताए । जेन–जीको सरकार बन्नुभन्दा पहिला टीओआर बन्नुपर्नेमा त्यसो नभएको उनले बताए ।
‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन–जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपथ्र्यो,’ उनले भने ।
साथै, उनले अब निर्वाचन गराउनका लागि प्रधानमन्त्री सुशीला कार्की नै अग्रसर भएर दलहरुसँग संवाद थाल्नुपर्ने बताए । अब तीनवटा मन्त्रालयमा जेन–जीहरुको तर्फबाट सहभागी गराएर मन्त्री बनाइनुपर्ने उनको माग छ ।
‘प्रधानमन्त्रीले नै अग्रसर भएर दलहरुसँग संवादको प्रक्रिया थाल्नुपर्छ । जेन–जीहरुलाई विश्वासमा लिनुपर्छ । ३ वटा मन्त्रालय बाँकी छन्, ती ३ वटा मन्त्रालयमा जेन–जीहरुलाई नै मन्त्री बनाइदिनुपर्छ,’उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
-
होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
-
फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।