नयाँ पुस्ताको माग र आकांक्षा पहिचान गरेर सम्बोधन गर्न आवश्यक
२०८२ असोज १० शुक्रवार
- शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उनले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणका काम अगाडि बढाउन आग्रह गरिन् ।
काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केहीपनि गर्न नसक्ने भन्दै आलोचना गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,‘दलका नेताहरूले बाहिर चाँही धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने यस्तो तरिकाको सार्वजनिक आलोचना छ । त्यसैले सबैको कुरा सुन्नुपर्छ । सोही आधारमा पार्टीको मर्म अनुसार काम गर्न सकेको छ कि छैन् बुझ्न आवश्यक छ । नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्नसक्छ, त्यसमा ध्यान दिनुपर्छ । नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्छ ।’
त्यस्तै उनले सधैं यस्तो अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै समाधान निकाल्नुपर्ने धारणा राखिन् । शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उनले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणका काम अगाडि बढाउन आग्रह गरिन् ।
‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नुपर्छ । शक्तिका स्रोत भनेका जनताहरु हुन् । जनताहरुका बीचमा गएर राजनीतिक आफ्नो नीति, दर्शन अनुसार कार्यक्रम गर्नुभएको छ कि छैन् त्यो बुझ्नुपर्छ । जनताले के सुझाव दिन्छन् त्यस आधारमा अघि बढ्नुपर्छ । पार्टीहरुकाबीच पनि समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यक छ । पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएमात्र समस्यालाई समाधान दिन सक्छौं । शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्छ । राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो गरी अगाडि बढाउन आग्रह गर्छु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रहरी निरीक्षक भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ
-
स्पेनमा आज आम निर्वाचन, सर्वेक्षण दक्षिणपन्थी गठबन्धन अगाडी
-
सुनचाँदीको मूल्य बढ्यो
-
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
-
सौरभ राज पन्तको टिप्पणी: “प्रधानमन्त्रीज्यू, दिल्ली-बेइजिङसँगै खाडीलाई पनि प्राथमिकता दिऔँ, खाडी अध्ययन कार्यदल यथाशीघ्र गठन गरौँ।”
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।