पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग
२०८२ असोज ०८ बुधवार
- बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संगठनले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायहरुले हारेको टिप्पणी गर्दै सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि माग गरेका हुन् ।
काठमाडौं : पूर्व प्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संगठनले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायहरुले हारेको टिप्पणी गर्दै सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि माग गरेका हुन् ।
पूर्व प्रहरी संगठनका अध्यक्ष वशन्त कुँवरले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सरकारले ‘तपाईँहरु किन हार्नुभयो ?’ भनेर प्रश्न गर्नुपर्ने बताए ।
शासन सत्ता उल्टिने, सम्पूर्ण सरकारी भवनहरु जल्ने अवस्था सिर्जना हुनुमा प्रहरी संगठनलाई कमजोर पार्नु मुख्य कारण रहेको उनले बताए ।
उनले भने, ‘सुरक्षा फौज हार्छ भने सुरक्षा फौजलाई पालेको किन ? सेनाको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? सशस्त्रको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? हामीलाई कुन प्रधानमन्त्री मन पर्यो, कुन मन परेन, कुन दलको छ ? त्यो हामी एकछिन विर्सिऊँ । अबको नेपालको समस्या के आयो भने कुनै पनि सरकार नटिक्ने भयो । त्यसकारण हाम्रो भनाइ के हो भने, सरकारले सोधोस् कि– तपाईँहरु किन हार्नुभयो ?’
यस्तै, पूर्व एसएसपी प्रदीप कुमार श्रेष्ठले नेपाल पूर्व प्रहरी संगठनले जेन–जी आन्दोलन र वर्तमान सरकारप्रति समर्थन जनाएको बताए ।
‘नेपाल पूर्व प्रहरी संगठन सुशासनको लागि जेन–जी पुस्ताद्वारा अगाडि सारिएको पवित्र उद्देश्यको हामी समर्थन गर्छौं । अहिले देशमा जेन–जी पुस्ताले जुन किसिमको आन्दोलन गर्यो, जसरी अहिले परिवर्तन आएको छ, सरकार गठन भएको छ । यो आन्दोलनलाई नेपाल पूर्व प्रहरी संगठनले पूर्ण रुपमा समर्थन गर्दछ,’ उनले भने ।
जेन–जी आन्दोलनको क्रममा भएको सरकारी, निजी र व्यवसायिक सम्पत्तिमाथिको तोडफोड र आगजनीको समेत पूर्व प्रहरी संगठनले भत्र्सना गरेको छ । अपराधजन्य कार्य गर्ने, लुटपाट गर्ने व्यक्तिहरुलाई कानूनबमोजिमको कारबाही गर्न पूर्व प्रहरी संगठनले नेपाल सरकारसँग माग गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।