कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन

२०८२ असोज ०५ आइतवार
सारांश
  • भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास गरिएको भन्सार विभागले जनाएको छ ।

काठमाडौं : रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।

 

भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास गरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

 

हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ । साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ ।

 

सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार