कांग्रेसले आगजनी भएको केन्द्रीय कार्यालय आइतबार सरसफाई गर्ने
२०८२ असोज ०४ शनिवार
- कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले सिंगो राष्ट्र शोकमा डुवेको अवस्थामा पार्टी कार्यकर्ताको पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भनेर शनिबारसम्म जस्ताको तस्तै राख्ने र आइतबार सरसफाई गर्ने जानकारी दिएको छ ।
काठमाडौँ : नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय आइतबार क्षतिको विवरण सार्वजनिक गर्दै सरसफाई गर्ने बताएको छ ।
कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले सिंगो राष्ट्र शोकमा डुवेको अवस्थामा पार्टी कार्यकर्ताको पसिनाले बनाएको भवन जलेर खरानी भएको भग्नावेस एक पटक हेर्न पाउन भनेर शनिबारसम्म जस्ताको तस्तै राख्ने र आइतबार सरसफाई गर्ने जानकारी दिएको छ ।
साथै विभागले दिनको १ बजेदेखि सरसफाई गर्ने र सामुहिक सरसफाई कार्यमा सहभागी हुन पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरु, कार्यालयका कर्मचारी साथीहरु एवं नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरुलाई सरसफाइका लागि आवश्यक गर्ने सामग्रीहरु (झाडु, कुचो, खालीबोरा, फोहो उठाउने, वाल्टी, मास्क, पञ्जा) सहित उपस्थित हुन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।