कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुन्छ : मीन विश्वकर्मा
२०८२ असोज ०३ शुक्रवार
- शुक्रबार सम्पन्न कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५औँ महाधिवेशनको तयारी गरिरहेको र नेतृत्व परिवर्तन पनि विधान अनुसार नै हुने स्पष्ट गरेका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसको नेतृत्व परिवर्तन विधान अनुसार नै हुने भएको छ ।
शुक्रबार सम्पन्न कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधान अनुसार पार्टीले १५औँ महाधिवेशनको तयारी गरिरहेको र नेतृत्व परिवर्तन पनि विधान अनुसार नै हुने स्पष्ट गरेका हुन् ।
उनले पार्टी पुनर्गठनबारे नेताहरूले राखेको अभिव्यक्ति व्यक्तिगत भएको र संस्थागत निर्णय नभएको समेत बताए । उनले भने- 'अहिले पार्टीलाई पुनर्गठन गर्ने, अधिवेशन गर्ने, पुनर्संरचना गर्ने कुरा विपद्को बेलामा साथीहरूले व्यक्तिगत रूपमा राखेका कुरा हुन् । हामी अहिले महाधिवेशनको तयारीमा छौँ । क्रियाशील सदस्यता बुझ्ने र बुझाउने क्रम जारी छ । त्यसैले हामी देश संबिधान अनुसार हुनुपर्छ भने झैँ पार्टी सञ्चालनको लागि पनि विधानभित्रै रहेर गर्छौँ ।'
जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेको भए पनि पार्टीले आधिकारिक रुपमायस्तो कुनै निर्णय गर्ने अवस्था देखिएको छैन ।
त्यस्तै विश्वकर्माले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको र सैनिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’