एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुन्छ
२०८२ असोज ०३ शुक्रवार
- क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौँ: जेनजी आन्दोलनलाई लिएर नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले माफी मागेका छन् ।
संविधान दिवसको अवसरमा विगतमा एमालेले गरेका निर्णय र तिनका परिणामको गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना गल्ती, कमजोरी र भूलप्रति उनले माफी मागेका हुन् ।
पौडेलले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तप्रति समवेदना व्यक्त समेत गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्प्रति शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, पुनर्निर्माण र तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पनि गरेका छन्।
उपाध्यक्ष पौडेलले जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
उनले आन्दोलनका मुख्य कारणहरूमा युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाहमा सुधार हुन नसक्नु रहेको उल्लेख गरे। यद्यपि, आन्दोलनमा भएको हिंसा, तोडफोड र आगजनीलाई उनले निन्दनीय भएको बताएका छन् ।
उनले पार्टीले अब जनता, विशेषगरी युवा पुस्तासँग एकाकार भई नीति निर्माण र नेतृत्वमा युवाशक्तिको निर्णायक योगदान सुनिश्चित गर्ने, संगठन, कार्यशैली र आचरणमा परिवर्तन गर्दै गतिशील र परिवर्तनको संवाहक शक्तिको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवसको ऐतिहासिक अवसरमा विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा उनले जोड दिए। आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी रूपमा अघि बढ्न सकियोस् भन्दै उनले सबैमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’