तिन मन्त्रीले लिए शपथ: अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल नियुक्त

२०८२ भाद्र ३० सोमवार
सारांश
  • शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद रामेश्वर खनाल,  नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिएका हुन् ।

काठमाडौँ : प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद रामेश्वर खनाल,  नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिएका हुन् ।

 

प्रधानमन्त्री कार्कीले अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिएकी छन् भने कुलमान घिसिङलाई, उर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी छन् । त्यस्तै उनले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार