सिन्धुलीमा जेनजी आन्दोलन :१३ कार्यालय र ६ घरमा तोडफोड तथा आगजनी
२०८२ भाद्र ३० सोमवार
- आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, नेपाल बार एसोसिएसन जिल्ला वार इकाई, कमलामाई नगरपालिका वडा नं ४, ५ र ६ का कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन् ।
रामेछाप : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा ठूलो तोडफोड र आगजनीका घटना भएका छन् ।
सो क्रममा १३ वटा सरकारी तथा गैरसरकारी कार्यालयमा क्षति पुग्नुका साथै ६ जना जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको घरमा समेत आगजनी, तोडफोड र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, नेपाल बार एसोसिएसन जिल्ला वार इकाई, कमलामाई नगरपालिका वडा नं ४, ५ र ६ का कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन् ।
यसैगरी नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा समेत क्षति पुगेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अधिकांश कागजात, तथ्याङ्क डाटा सेन्टर र नागरिकता, राहदानी, प्रशासन र मुद्दा फाँटका अभिलेख जलेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार कार्यालयका २७ वटा कम्प्युटर, प्रिन्टरसहितका उपकरणमध्ये केही जलाइएका र केही चोरी भएका छन् ।
जिल्ला अदालतका करिब आठसय मुद्दाका मिसिल, कम्प्युटर र विद्युतीय सामग्री जलेका छन् । बार भवनमा समेत कागजात बाहिर निकालेर आगो लगाइएको छ ।
कमलामाई नगरपालिका र विभिन्न वडा कार्यालय, पञ्जिकरण, शिक्षा, वातावरण, महिला तथा बालबालिका, करलगायतका शाखामा रहेका सम्पूर्ण फर्निचर, कागजात र उपकरण तोडफोड तथा चोरी भएको छ । करदाता सेवा कार्यालय, मालपोत कार्यालय र नगरपालिका भवनका कागजात, कम्प्युटर र विद्युतीय सामग्री पनि जलाइएका छन् ।
आन्दोलनकारीले पाँचवटा सरकारी सवारीसाधन जलाएका छन् । कमलामाई नगरपालिकाको बोलेरो र स्कारपियो, मालपोत कार्यालय र प्रशासन कार्यालयका मोटरसाइकल, करदाता सेवा कार्यालयको स्कुटर जलेर नष्ट भएका छन् । सरसफाइ गाडी, दमकलसहितका अन्य सवारीसाधनमा पनि क्षति पुगेको छ ।
जनप्रतिनिधिहरूको निजी घरमा समेत तोडफोड र लुटपाट भएको छ । कांग्रेस सभापति तथा नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको पुख्र्यौली घरमा गरगहना, नगद र सामग्री लुटपाट हुनुका साथै गोठमा रहेका गाई जलेर घाइते भएका छन् ।
नेकपा (एमाले) अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, विघटित प्रतिनिधिसभा सदस्य श्याम घिमिरे र लेखनाथ दाहाल, प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जन र कमलामाईका पूर्व मेयर खड्ग खत्रीका घरमा पनि आगजनी र तोडफोड भएको छ ।
आन्दोलनकै क्रममा सिन्धुली जेल फोरेर भागेका कैदीबन्दीहरू फर्कने क्रम जारी रहेको प्रशासनले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।