शितल निवासमा सुशीला कार्कीलाई शपथ खुवाउने तयारी

२०८२ भाद्र २७ शुक्रवार
सारांश
  • शितल निवासमा कुटनीतिक नियोगका प्रमुख र अन्य अतिथि पुग्नेक्रम जारी रहेको छ ।

काठमाडौँ: राष्ट्रपति निवास शितल निवासमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ खुवाउने तयारी भएको छ ।

 

कार्कीको शपथ कार्यक्रममा सहभागी हुन अहिले शितल निवासमा कुटनीतिक नियोगका प्रमुख र अन्य अतिथि पुग्नेक्रम जारी रहेको छ ।  

 

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।

 

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार