योगेश भट्टराईको धारणा- पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ

२०८२ भाद्र २५ बुधवार
सारांश
  • विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समिक्षा गर्दै ग़ल्तीप्रति आत्मालोचित गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

 

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्बजनिक गर्दै सचिव भट्टराईले हाल इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको भन्दै देश र समाजमा देखिएको भयानक अस्थिरताको बीचमा विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समिक्षा गर्दै ग़ल्तीप्रति आत्मालोचित गर्नुपर्ने बताएका छन् ।

 

उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका हुन् । उनले १० बुँदे धारणा सार्बजनिक गर्दै उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका छन् ।

 

उनले भनेका छन्:

प्रिय कमरेडहरू

हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउदैन । 

 

तसर्थ:

१- विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । ग़ल्तीप्रति आत्मालोचित होऔ ।

२- पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस ।

३- पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ ।

४- पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔ ।

५- जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ ।

६- लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔ ।

७- खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ ।

८- हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ ।

९- देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ ।

१०- जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ ।

नेपाल बचाऔ, नेपालीत्व जोगाऔ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार