रास्वपाका सांसद सुमना र तोसिमाले दिए सांसदबाट राजीनामा

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • यसअघि रास्पवाका सांसद असिम शाहले पनि राजीनामाको घोषणा गरेका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ र डा. तोसिमा कार्कीले सांसदबाट राजीनामा दिएका छन् ।

 

रास्वपाका सांसद सुमना र तोसिमाले राजीनामाको घोषणा गरेका हुन् । यसअघि रास्पवाका सांसद  असिम शाहले पनि राजीनामाको घोषणा गरेका थिए ।

 

सुमनाले भनेकी छन्-      

सांसदको काम भनेको सरकारलाई जवाफदेहि बनाउने हो । तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजिनामा दिदैछु ।

 

साथै, जेनजीहरूले सर्वदलिय जस्ता भ्रममा नपरि आफ्नो नेतृत्व दाबी गर्नुहोस् । यहि दलहरूसँगै बसेर देशले निकास पाउँदैन ।

 

त्यस्तै डा. तोसिमा कार्कीले पनि राजीनामाको घोषणा गर्दै भनेकी छन्-  

म आधिकारीक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखिनै यो अपराधि र संवेदनाहिन सरकारको कटपुतली बनेको संसदको जिम्मेवरीबाट हट्ने र २०७९को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार