नेपाली सेनाले भन्यो- लुटपाट र आगजनी नरोकिए रति १० बजेदेखि सडकमा आउछौं
२०८२ भाद्र २४ मङ्गलवार
- सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं ।
काठमाडौँ: नेपाली सेनाले लुटपाट र आगजनी नरोकिए रति १० बजेदेखि सबै सुरक्षा निकाय सडकमा आउने स्पष्ट गरेको छ ।
प्रधानसेनापति अशोक राज सिग्देलको भिडियो संदेशपछि अर्को विज्ञप्ति जारी गर्दै नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातीको १० बजेबाट दृढ रहने बताएको छ ।
नेपाली सेनाले भनेको छ:
हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ ।
यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं । सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं । तत्पश्चात, सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
-
ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’
-
अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
-
नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।