भारतको प्रतिक्रिया- घटनालाई नजिकबाट नियालिरहेका छौं, संवादमार्फत सम्बोधन होस्
२०८२ भाद्र २४ मङ्गलवार
- भारतले सोमबारको आन्दोलनमा धेरै युवाहरुको ज्यान गएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारको साथमा रहेको बताएको छ ।
काठमाडौँ: भारतले नेपालमा जारी जेनजीको आन्दोलन बारे प्रतिक्रिया दिदै घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घनिष्ठ मित्र र छिमेकीको रुपमा सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा राखेको बताएको छ ।
साथै भारतले सोमबारको आन्दोलनमा धेरै युवाहरुको ज्यान गएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारको साथमा रहेको बताएको छ ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्ति:
हामी हिजोदेखि नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं र धेरै युवाहरुको ज्यान गएकोमा अत्यन्तै दुःखी छौं । हाम्रो विचार र प्रार्थना मृतकका परिवारहरुको साथमा छ । हामी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गछौं ।
घनिष्ठ मित्र र छिमेकीको रुपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्दछौं ।
हामीले काठमाडौँ र नेपालका अन्य धेरै शहरहरुमा अधिकारीहरुले लगाउनु भएको कफ्र्युलाई पनि ध्यानमा राखेका छौं । नेपालमा रहनुभएका भारतीय नागरिकहरुलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरुले जारी गर्नुभएका कदम र निर्देशनहरु पालना गर्न सल्लाह दिन्छौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।