- जेनजी आन्दोलनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन् ।
काठमाडौँ, २३ भाद्र । जेनजी आन्दोलनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना रहेका छन् ।
आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोलीका छर्रा लागेर पत्रकार ढुंगाना र कार्की घाइते भएका हुन् । त्यसैगरी पत्रकार श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ । उनीहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास र रबरको गोली चलाएको थियो । प्रदर्शनका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मी समेत घाइते भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’