- बैठकमा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले टेलिफोनको लाइनको तारहरु विच्छाउने कुरा, टावरहरु बनाउने कुरा रोकिएको भन्दै टेलिफोन अत्ति आवश्यक कुरा भएकाले टावर बनाउन दिन पर्ने बताएका छन् ।
काठमाडौं : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । आइतबार हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
त्यस्तै बैठकमा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले टेलिफोनको लाइनको तारहरु विच्छाउने कुरा, टावरहरु बनाउने कुरा रोकिएको भन्दै टेलिफोन अत्ति आवश्यक कुरा भएकाले टावर बनाउन दिन पर्ने बताएका छन् ।
उनले आवश्यक विषयसँगका कुरा र निजि क्षेत्रको ठूलो लगानी भएको कुरामा हाललाई नितिगत निर्णय गरेर यस्लाई फाुटाएर जान पर्छ भन्ने कुरा वन मन्त्रालयको धारण रहेको पनि बताए ।
‘अहिलेको सबैभन्दा जटिल अवस्था भनेको वन मन्त्रालयले पिउने पानिको पाइप बिच्छ्याउने अनुमति दिन सकेको छैन । सडक र्ममत अपडेट गर्नपर्ने कुराहरु लमजुङ्ग देखि मनाङ्ग सम्मको सडकको कुरा अड्किएको छ । रसुवाको सडक पहिरो गएदेखि रोकिएको छ ।
अन्यथा चाइनाको टोलि आएर बसिसकेको थियो हामीले तत्काल त्यस्मा प्रतिक्रिया दिन पर्ने कुरा थियो,‘ उनले भने । ‘टेलिफोनको लाइनको तारहरु विच्छाउने कुराहरु, टावरहरु बनाउने कुरा पनि रोकिएको छ र विद्युतको लाइनहरु विछ्छाउने कुरा र हामीले विदुतका लाईन विच्छाइसकेकाहरुले जग्गा मात्र लिइदिनुस् । साना साना हेटल बासहरु टे«क्रिङ्ग रुपमा बनाउने कुराहरु देखि लिएर हाइड्रोका कुराहरु लिएर सबै राकिएका छन् ।’
उनका अनुसार निकुन्ज विभागमा निकै फाइलहरु छन् त्यो सँगै हामीसंग ३५ वटा भन्दा बढी यो समस्याहरु सँग सम्बन्धित फाइलहरु अड्किएर बसेका छन् । वन मन्त्रालयले गरिरहेको प्रयास के हो भन्दा खेर लगानी भै सकेकाकुरा हरु माग २ भन्दा पहिला नै लगानी भएका कुराहरु अनुमति लिएकाहरु एउटा नीतिगत निर्णय गरेर फुटाँउ । टेलिफोन अत्ति आवश्यक कुरा टावर बनाउन दिन पर्छ । अप्टिकल फाइबर बिच्छाउने कुरा छ, सुर्खेत र बबइको हाईटेन्सनलाइन लाई अपडेट गरिकन कर्णालीमा भोल्टेज गराउनु पर्ने कुरा छ ।
अति आवश्यक विषयसँग कुराहरु र निजि क्षेत्रको ठूलो लगानी भै सकेको कुराहरुमा अहिलेलाई कुनै नितिगत निर्णय गरेर यस्लाई फाुटाएर जान पर्छ कि भन्ने कुरा वन मन्त्रालयको धारणा भएको उनले बताए । वन मन्त्रालयले आफैले निणर्य लिन कानुनका कुराले हिचकिचाहट रहेको छ । ९५ प्रतिशत काम भै सक्यो एउटा टावर राख्न मात्र बाँकि छ तर निकुन्ज पर्छ ।
यस्ताकुरा लाई राज्यले अहिलेको संविधान तहपनि निजि क्षेत्रको लगानी पनि सुरक्षा गर्ने कुरापनि राज्यकै भएको हुनाले अगाडी बढ्नु पर्छ भन्ने हिसावले र्भखरै मात्रामा केहि परामर्शको लागि केहि फाइल पठाएको उनले बताए ।
‘यदी सबै सँग सहमत भयो भने भै सकेको कुरालाई सर्वोच्च अदालतको आदेशलाई पालना गर्दै भै सकेका कामहरुलाई अगाडी बढाउने हो र बाँकि पुर्ण पाठ आएपछि सोहि अनुसार केहि गर्न सकिन्छ कि भन्ने प्रयासमा वन मन्त्रालयले होइन कानुनमा रोकिदियो भन्न आग्रह गर्दछु । वन मन्त्रालयले कुनै काम रोकेकै छैन’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।