बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’
२०८२ भाद्र १४ शनिवार
- शनिबार काठमाडौंमा आयोजित ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरुमध्ये काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए ।
काठमाडौं :काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगरप्रहरीको ठूलो योगदान रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरुमध्ये काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए ।
उनले भने, ‘आफूले गरिरहेको कतिपय कामहरु याद पनि नहुँदो रहेछ । आज यहाँ सबै कुराहरु हेर्दा खुशी पनि लाग्यो । महानगरपालिकाको आफ्नो पहिचानमध्ये नगर प्रहरी बलको योगदान पनि एक हो । काठमाडौं महानगरपालिका ७५३ पालिकाको राजधानी हो र यो राजधानी हुनुमा नगर प्रहरीको धेरै ठूलो योगदान छ । धेरै ठाँउहरु, पालिकाहरु छन् जसले काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहन्छन् ।’
यस्तै, उनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि नगर प्रहरीको उल्लेख्य योगदान रहेको बताए ।
उनले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि तपाईहरुको उल्लेख्य योगदान छ । काम हेर्दा कहिलेकाही सिनेमा हेरेजस्तो लाग्छ । एकदम राम्रो भएको छ । तपाईहरुले गर्नु भएको काम उदाहरण बन्न सक्नुपर्छ ।’
साथै, महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर प्रहरी नागरिकहरुसँग हरेक सुख–दुःख विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको भन्दै जनताको सबैभन्दा नजिक रहने संस्था नै नगर प्रहरी भएको बताइन् ।
उनले भनिन्, ‘नगर प्रहरी भनेको नागरिकहरुसँग हरेक सुख–दुःख, विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको हुन्छ । त्यसकारण पनि नगर प्रहरीले महानगरपालिकाको प्रतिनिधित्व गरिरहेको हुन्छ । संस्थाले सोचेका कामहरु कार्यान्वयन गर्न पनि तपाईहरुको भूमिक एकदमै महत्वपूर्ण हुन्छ । तपाईहरुले काम गर्दा निष्पक्ष भएर काम गर्नुहुन्छ । जनता र संस्थाको हितको लागि काम गर्नुहुन्छ ।’
महानगरपालिकाको काम र योजनालाई कार्यान्वयन गर्न सकारात्मक रुपमा लागेका सबै नगर प्रहरीलाई धन्यवाद पनि दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।