कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल
२०८२ भाद्र १४ शनिवार
- उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारमाथि तीव्र आलोचना गर्दै ‘लुटतन्त्रको संरक्षणमा जुटेको’ आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) मजदुर जिल्ला कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले हालको सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरु अघि बढाएको आरोप लगाए ।
‘अहिलेको सरकारलाई कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भनिए पनि यसको प्रवृत्ति दक्षिणपन्थी अवसरवादी छ,’ उनले भने, ‘क्रान्तिकारी सिद्धान्त समाप्त पार्ने, दलाल पूँजीपतिहरुको सेवा गर्ने, विचौलियाको पक्षपोषण गर्ने, दलालीको काम गर्नेहरुलाई साथ दिने काम भइरहेको छ ।’
नेपालले अहिलेको सरकार सुशासन होइन, लुटतन्त्रलाई संरक्षण गर्ने दिशामा अगाडि बढेको दाबी गर्दै त्यसविरुद्ध एकीकृत समाजवादी पार्टी निरन्तर विरोध र भण्डाफोरमा लागेको बताए ।
उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे ।
उनले भने, ‘अहिलेको सरकार सुशासन होइन लुटतन्त्रलाई संरक्षण गर्ने गरेकोर र यस्ता काममा जुटेको हुनाले वर्तमान सरकारको जनविरोधी नीतिको हामी विरोध गरिरहेका छौं । वर्तमान सरकारको मजदुर विरोधी नीतिको हामी आलोचना र भण्डाफोर गरिरहेका छौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।