रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

२०८२ भाद्र ०५ बिहिवार
सारांश
  • बैठकमा रास्वपाका सांसद शिव नेपाली र राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिव नेपाली र राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

 

सांसद नेपालीले लिपुलेकको जमिन रक्षा गर्न सरकार लाग्ने विश्वास व्यक्त गर्दै सत्तारुढ दलले उपसभामुखलाई हटाउन खोजेर लोकतन्त्रको अपमान गरेको आरोप लगाएका थिए ।

 

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार