शिक्षकहरुको ९५ प्रतिशत माग पूरा भएको छ: शिक्षामन्त्री पन्त

२०८२ भाद्र ०५ बिहिवार
सारांश
  • शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकरात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् ।

काठमाडौँ, ५ भाद्र । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकरात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरुका ९५ प्रतिशत माग पुरा गर्न सफल भएको बताएका हुन् ।

 

उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्टुष्टि राख्ने ठाउँ कसैको छैन । विधेयकमा आएका प्रतिक्रियाहरु सकारात्मक छ । हामीले गर्न सक्ने शिक्षक साथीहरुले ९५ प्रतिशत माग पूरा भएको छ । मन्त्रालयका साथीहरु निरन्तर संवादमा हुनुहुन्छ ।’

 

उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सक्ने समेत बताए ।

 

उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समिक्षा गर्नुपर्ने बताए । 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार