रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता, यस्तो छ सूची
२०८२ भाद्र ०२ सोमवार
- २६ राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ( ४ ) बमोजिम दल दर्ता गरिएको जानकारी दिएको छ ।
काठमाडौँ: निर्वाचन आयोगले कार्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता गरेको छ ।
आयोगले साउन २१ गतेदेखि २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २७ राजनीतिक दलहरू मध्ये कानूनी रीत पूरा भएका तपसिल बमोजिमका २६ राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ( ४ ) बमोजिम दल दर्ता गरिएको जानकारी दिएको छ ।
दर्ता गरिएका दलहरू:
१- मंगोल नेशनल अर्गनाइजेशन
२- राष्ट्रिय प्रजातन्त्र पार्टी
३- नेपालका लागि नेपाली पार्टी
४- जनमत पार्टी
५- राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
६- जनता समाजवादी पार्टी
७- नेपाली काँग्रेस
८- राष्ट्रिय जनमोर्चा
९- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१०- जनप्रजातान्त्रिक पार्टी, नेपाल
११- नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी)
१२- नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
१३- संयुक्त नागरिक पार्टी
१४- नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नेपाल
१५- समाजवादी पार्टी (नयाँ शक्ति)
१६- नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
१७- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१८-नेशनल रिपब्लिक नेपाल
१९- राष्ट्रिय मातृभूमि पार्टी
२०- नेपाली जनता दल
२१- राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
२२- राष्ट्रिय स्वतन्त्र पार्टी
२३- नेपाल जनमुक्ति पार्टी
२४- हाम्रो नेपाली पार्टी
२५- बहुजन शक्ति पार्टी
२६- खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’