पहिला काम गर्न दिनुहोस्, त्यसपछि मात्रै मूल्यांकन गर्नुहोस् : प्रधानन्यायाधीश राउत
२०८२ श्रावण ३० शुक्रवार
- ‘सर्वोच्च अदालतमा मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले व्यक्तिको मूल्यांकन काम नगरिकनै गरिनु गलत प्रवृत्ति भएको उल्लेख गरे ।
काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूहरू न्यायालयप्रति भएका आलोचनालाई सकारात्मक रूपमा लिने बताउँदै अदालतको कामकारबाहीमा निहित तथ्यहरूमाथि मात्रै टिकाटिप्पणी हुनुपर्ने बताएका छन् ।
‘सर्वोच्च अदालतमा मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले व्यक्तिको मूल्यांकन काम नगरिकनै गरिनु गलत प्रवृत्ति भएको उल्लेख गरे ।
‘देशमा मान्छेले कामै नगरिकन पनि पहिलेबाटै दुष्टको रूप बनाएको हुन्छन्,’ उनले भने, ‘पहिला काम गर्न दिनुहोस्, अनि मात्रै मूल्यांकन गर्नुहोस्, ठिक भयो कि भएन भनेर ।’
उनले हाल न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या नभएको स्पष्ट गर्दै न्यायालयले पारदर्शिता कायम गर्न तथ्यांकका आधारमा काम गरिरहेको जानकारी दिए ।
अदालतको कामको विषयमा आलोचना हुनु स्वाभाविक भएपनि तथ्यहीन र असत्य सूचनाको आधारमा गरिने टीकाटिप्पणी उचित नहुने उनको भनाइ थियो । ‘अदालतको बारेमा टिकाटिप्पणी नहोस् भन्ने मेरो कुरा होइन, आलोचना नहोस् भन्ने पनि होइन,’ उनले भने, ‘तर नभएको कुरा उजागर गरी अदालतलाई गलत ढंगले लिनु राम्रो होइन ।’
पत्रकारहरूको न्यायालयमा पहुँचबारे उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको उनले बताए । उनले आफूले कुनैपनि काममा समस्या वा अवरोध नदेखाई निष्ठाका साथ आफ्नो जिम्मेवारीमा निरन्तर लाग्ने प्रतिबद्धता पनि जनाए ।
उनले भने, ‘पत्रकारको न्यायालयमा पहुँच भएन कि कम भयो कि भन्ने जुन कुरा छ यसलाई मंैले गम्भीरतापूर्वक लिएको छु । राम्रो सूचना दिनको लागि एकदमै प्रयत्नशिल छौं । मैले कुनैपनि कुरामा बाधा छ समस्या छ नभनिकन मेरो दायित्वमा कठोर र निष्ठासँग लाग्ने हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।