प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो ः मनिष झा

२०८२ श्रावण २९ बिहिवार
सारांश
  • प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही पनि नभएको बताए ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । 


बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता मनिष झाले संसदमा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही पनि नभएको बताए । 


उनले भने,‘हिजो प्रधानमन्त्रीज्यूले संसदमा जुन अभिव्यक्ति दिनुभयो त्यसप्रति खेदव्यक्त गर्दछौं । हाम्रो पार्टीको बारेमा उहाँले बोल्नुभयो भनेर हामीलाई चिन्ता नै छैन् । प्रधानमन्त्रीज्यूले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु भनेको त मानसिक विचलन बाहेक केही पनि होइन् ।’


प्रधानमन्त्री ओलीले संसदमा रास्वापाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका थिए ,‘भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउँदै उनले त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो कुरा हो’


त्यस्तै उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ? भन्दै प्रश्न समेत गरे । 


उनले भने,‘लगानीको वातावरण कमजोर हुँदै छ । त्यसका बारेमा त बोल्नुभएन । हामीलाई चिन्ता छ । तर उहाँलाई चिन्ता थुनामा रहेको नेताको बारेमा नानाथरी स्तर गुमाएर अपव्याख्या गर्दैहुनुहुन्छ । टेबल ठोक्नेहरु पनि पाउनु भएकै छ । सुशासन सदनमा आउने राम्रो भाषणले होइन् । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिन्छ । ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ?’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार