राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा
२०८२ श्रावण २८ बुधवार
- आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ ।
आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबिच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।
सोही क्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुरामा चित्त नबुझेको कुरालाई छलफल गरेर टुङ्गो लगाउन सकिन्छ भन्दै गुन्डागर्दिबाट कुनै पनि कुराको समाधान नहुने बताएका थिए ।
विवाद सामान्य हुने अवस्था नरहेपछि भने उनले अधिवेशन स्थगनको घोषणा पनि गरेका थिए ।
उनले भने, ‘युवाहरु भनेको यो पार्टीको भविष्य हो, यो पार्टीको उत्तराधिकारी हो । तपाईहरु कसैको केटा होईन्, कसैको हतियार होईन । त्यसकारण कसैलाई केही कुरामा चित्त बुझेको छैन् भने बन्दसत्रमा कुरा हुन्छ र छलफल गरेर टुङ्गो लगाउन सकिन्छ तर गुन्डागर्दिबाट कुनै पनि कुराको टुङ्गो लगाउन सकिदैँन् र पाइदैँन् । त्यसकारण सबैजना शान्त भएर यो अधिवेशन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्न चहान्छु ।’
उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।