हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’
२०८२ श्रावण २७ मङ्गलवार
- मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनैपनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगती गर्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।
उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरुको औसत उमेर नै ५५ देखि छ । यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला, जन्मेको भए नयाँ मान्छे किन छैन् त रेडियो नेपालमा ? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन । । थाकेका रिटाएर हुन लागेका मान्छेहरुको मात्र जमात भएको संस्थाले कसरी सजीवन प्राप्त गर्न सक्छ ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशिल भइरह्यो भने मात्र काम दिन्छ । जमेर बसेको छ भने लेउ लागेर बस्छ । लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्दैन् ।’
यस्तै, उनले सबै सरकारी स्वामित्वको निकायहरुको अवस्था एउटै भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।
उनले भने, ‘म धेरै ठाँउमा जान्छु सबैको अवस्था त्यस्तै छ । टेलिकमिनिकेशनको अवस्था त्यस्तै छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ । गोरखापत्र त बाँडेर खाने मात्र हो । सरकारी स्वामित्वको भएको हुनाले सरकारी कामको विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो । आफैं मेहेनत गरेर होइन् । हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो । हुलाकको लागि तपाईहरुले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस । यसमा धेरै सम्भावना देखेको छु ।’
नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ ।
उनले भने, ‘कुनैपनि संस्थाको विकासको लागि पहिलो कुरा त्यसको नीतिले संस्थाको उद्देश्य, लक्ष्य, कार्यक्रमहरु निर्धारण गरेको हुनुपर्छ । नयाँ परिस्थिती अनुसार नयाँ नीति आवश्यक हुन्छ । हुलाकको अहिलेसम्म नयाँ नीति छैन्, त्यसकारण यो वर्ष हुलाकको नीति ल्याउँदैछौं । नीति मात्र होइन नयाँ कानून बनाउदैँ छौ । त्यसकारण सुधारको सुरुवात नै नीतिबाट हुन्छ । पुनसंरचित संस्थाको लागि नीतिमा सुधार पहिलो कुरा हो ।’
उनले सामान्य अनुसन्धानको आधारमा हुलाकको पुनसंरचना भएको हुनाले पुनसंरचित हुलाकलाई कसरी व्यवस्थापन गर्ने कुरा पहिलो काम भएको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।