राज्यका सबै तहमा महिला अधिकार सुरक्षित छ : सभापति देउवा
२०८२ श्रावण २५ आइतवार
- आइतबार काठमाडौंमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविधानमा राजनीतिक रुपमा महिलाहरुलाई अगाडि बढाउनको लागि महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताए ।
काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला’ विषयक कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविधानमा राजनीतिक रुपमा महिलाहरुलाई अगाडि बढाउनको लागि महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेको बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सरकारकै पालामा संविधान सभाबाट संविधान जारी गरि राजनीतिक रुपमा महिलाहरुलाई अगाडि बढाउनको लागि राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानिय तहसम्मै महिला अधिकार सुरक्षित हुने व्यवस्था गरेका छौ ।’
यस्तै, उनले लैंगिक संवेदनशीलताको विषय सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण भएको भन्दै यो विषयमा संवेदनशिल बन्ने हो भने मात्र सम्मानित र सुरक्षित समाज निर्माण गर्न सक्ने बताए ।
उनले भने, ‘लैंगिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र समस्या होईन् । यो सामाजिक रुपान्तरणको लागि पनि महत्वपूर्ण विषय हो । हामी सबै यो विषयमा संवेदनशिल बन्ने हो भने मात्र सम्मानित, सुरक्षित, समावेशि समाज निर्माण गर्न सक्छौ भन्ने हाम्रो विश्वास छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’