श्रेष्ठ र भुसालबीच राजनीतिक परिस्थिति र पार्टी एकता सम्बन्धमा छलफल
२०८२ श्रावण २३ शुक्रवार
- श्रेष्ठ र भुसालबीच राजनीतिक परिस्थिति र पार्टी एकता सम्बन्धमा छलफल भएको छ ।
काठमाडौँ, २३ श्रावण । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच समसामयिक राजनीतिक परिस्थिति र दुई पार्टीबीचको एकतालगायत विषयमा छलफल भएको छ ।
श्रेष्ठको हात्तीवनस्थित निवासमा आज भएको भेटमा उनीहरुबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिको कार्यभारबारे गम्भीर छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । त्यसक्रममा नेपालका विभिन्न राजनीतिक दलको वर्तमान अवस्था र भूमिका, कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
-
भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम छ- मोदी
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।