नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत
२०८२ श्रावण २३ शुक्रवार
- शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए ।
काठमाडौं : पूर्व जलस्रोत तथा सिँचाईमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा जलस्रोतको विषयमा भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई आधार बनाएर गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा बिर्सन नहुने बताए ।
उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए ।
उनले भने,‘दुई देशबीचको सम्बन्धको दृष्टिकोणले हेर्दा एउटा विश्वास कायम गर्ने कुरा त छँदै छ, त्यो ठिकै छ । तर जलस्रोतको कुरा गर्दैगर्दा बिर्सन नहुने कुरा चाँही राष्ट्रिय हितलाई आधार बनाएर जानुपर्छ भन्ने हो । भारतले पनि राष्ट्रिय हितलाइ पहिलो बनाएर नेपालसँग डिल गर्ने हो । दुई देशको सम्बन्धलाई पारस्पारिक लाभको आधारमा कसरी लैजाने भन्ने विषयमा ध्यान दिनुपर्छ ।’
त्यस्तै सोही कार्यक्रममा बोल्दै रास्वपाका उपाध्यक्ष डिपी अर्यालले नेपाल जलस्रोतको धनी देश भनेर भाषण गरेतापनि तराईमा पानी र सिँचाईको अभाव हुनु दुखद् भएको बताए । यस्तो अवस्थाको अन्त्य गर्न संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।
उनले भने,‘भाषणमा भन्ने गर्छौ सबैथोक हामीसँग छ । जलस्रोतको धनी देश भन्छौं । तर बर्खा लाग्नेबेला तराईमा पानी र सिँचाईको अभाव हुन्छ । यस्तो अवस्थाको अन्त्य गर्न पनि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने विश्वास छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास अभाव बारे प्रधानमन्त्री कार्यालयमा छलफल
-
अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?
-
सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग
-
एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
-
काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।