प्रतिनिधिसभाको आधा कार्यकाल पूरा : सांसद विश्वप्रकाश शर्माको समीक्षात्मक टिप्पणी

२०८२ श्रावण २१ बुधवार
सारांश
  • बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले २०७९ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले जेठ महिनासम्म आइपुग्दा आधा कार्यकाल पूरा गरिसकेको जनाउँदै यस अवधिको कार्यसम्पादनको समिक्षा गर्न आवश्यक रहेको बताए ।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले २०७९ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले जेठ महिनासम्म आइपुग्दा आधा कार्यकाल पूरा गरिसकेको जनाउँदै यस अवधिको कार्यसम्पादनको समिक्षा गर्न आवश्यक रहेको बताए ।

 

उनले भने, ‘२०७९ सालको निर्वाचनबाट गठन भएको यो प्रतिनिधिसभा गएको जेठ महिनामा आईपुग्दै गर्दा आफ्नो आधा कार्यकाल पूरा गरिसकेको छ । यो बेलामा समिक्षा जरुरी छ । निर्धारित दायित्वको आधा बाटो हामी कुशलतापूर्वक हिड्न सकेका छौं की छैनौं भनेर ।’

 

शर्माले संसदले सबै नागरिकको अपनत्व गास्न कति सफल भयो, सरकार कति प्रभावकारी रह्यो र प्रतिपक्षले सुझाव र दबाब दिने भूमिकामा कति जिम्मेवार बन्दै गयो भन्ने प्रश्नहरू उठाए ।

 

उनले भने, ‘सबैको अपनत्व गास्न संसद कत्तिको सफल हुन सकिरहेको छ , सरकार प्रभावकारी कत्तिको भएको छ ? प्रतिपक्षमा रहेका दलहरु सुझाव र  दबावको भूमिकामा कतिको प्रखर र जिम्मेवार बन्न सकेका छन् ? नागरिक पङ्क्तिमा रहेको असन्तोषलाई क्रमश आशा र विश्वासमा बदल्न हामी कत्तिको सफल भैइरहेका छौं ? ।’

 

सांसद शर्माले संसदलाई केवल कानुन र बजेट निर्माण गर्ने थलो मात्र नभई आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलोको रूपमा समेत चित्रण गरे।

 

उनले संसदको कार्यशैली र व्यवहारले जनतामा आशा र भरोसा जगाउनुपर्नेमा जोड दिए ।

 

उनले भने, ‘संसद सरकार र  कानुन बनाउने र बजेट बनाउने थलो मात्रै होइन आफ्नो कार्यशैली र व्यवहारबाट आस्था र  विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलो हो । त्यो  अभिभारा एकको मात्र होइन, हामी सबैको हो । सरकारको हो, प्रतिपक्षको हो, ठूला साना सबैको हो । ’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार