जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ: मन्त्री खड्का
२०८२ श्रावण १६ शुक्रवार
- खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने,‘सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो ।
संखुवासभा : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् ।
खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने,‘सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो ।
यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा छन् । यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।’
जलविद्युतका ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताए ।
उनले सङ्खुवासभामा अबको प्राथमिकता स्थानीय जनतालाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु भएको उल्लेख गर्दै भने,‘सीप विकास मात्र रोजगारीको सशक्त आधार होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ ।’
तालिममा जिल्लाभरका १० वटा पालिकाबाट सहभागी आएका छन् । कुल २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ । तालिम पश्चात प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई जलविद्युत्का आयोजनामा काम गर्ने अवसर प्राप्त गराउनेछ ।
मन्त्री खड्काले स्थानीय युवाहरूलाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्य अन्तर्गत भविष्यमा नै खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना सुनाए ।
उनले स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय मिस्त्रीजस्ता विभिन्न शाखाका सीप तालिम सञ्चालन गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने जानकारी दिए ।
कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरप्रमुख थपलियाले तालिम कार्यक्रमले युवाहरूमा आशा, सम्भावना र आत्मनिर्भरता बोकेको बताउँदै यस्ता पहललाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’