रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

२०८२ श्रावण १५ बिहिवार
सारांश
  • प्रवक्ता मनिष झाका अनुसार रास्वपाले हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म आफ्नो केन्द्रीय कार्यालय, वनस्थलीमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न र उनीहरूका सुझाव, गुनासा तथा जिज्ञासा सुन्नका लागि ‘खुल्ला आँगन’ सुरु गर्ने भएको हो ।

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साप्ताहिक भेटघाट कार्यक्रम ‘खुल्ला आँगन’ सुरु गर्ने भएको छ ।

 

प्रवक्ता मनिष झाका अनुसार रास्वपाले हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म आफ्नो केन्द्रीय कार्यालय, वनस्थलीमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न र उनीहरूका सुझाव, गुनासा तथा जिज्ञासा सुन्नका लागि ‘खुल्ला आँगन’ सुरु गर्ने भएको हो ।

 

जनतामाझ पुग्ने, उनीहरूका कुरा सुन्ने, उत्तरदायी बन्ने र सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले यो साप्ताहिक भेटघाटको अभ्यास थालिएको प्रवक्ता झाले बताए । ‘खुल्ला आँगन’ को पहिलो कार्यक्रम यही साउन १६ गते शुक्रबार सुरु हुनेछ । उनका अनुसार कार्यक्रमको ढाँचा सबैका लागि खुल्ला रहनेछ र यसको कुनै पूर्वनिर्धारित एजेन्डा हुने छैन, जसले गर्दा सहभागीले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न सक्नेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार