नेतृत्वलाई लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य छैन- वर्षमान पुन
२०८२ श्रावण १२ सोमवार
- माओवादी केन्द्रले जारी गरेको एक भिडियोमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डविरुद्ध गम्भीर प्रकृतिको आरोप लगाएको बारे पुनले नेतृत्वलाई लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य नभएको बताएका हुन् । पुनले पार्टीको अब बस्ने स्थायी कमिटी बैठकमा गम्भीर छलफल हुने र एउटा निर्णयमा पुग्ने पनि उनको भनाई छ ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले पार्टी नेतृत्वलाई लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य नभएको चेतावनी दिएका छन् ।
माओवादी केन्द्रले जारी गरेको एक भिडियोमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डविरुद्ध गम्भीर प्रकृतिको आरोप लगाएको बारे पुनले नेतृत्वलाई लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य नभएको बताएका हुन् । पुनले पार्टीको अब बस्ने स्थायी कमिटी बैठकमा गम्भीर छलफल हुने र एउटा निर्णयमा पुग्ने पनि उनको भनाई छ ।
पुनले भनेका छन्- 'जनताले स्वीकार गर्दा पनि लिडरसिपविरुद्ध व्यक्तिगत आरोप, लाञ्छनाजस्तो लगाउने र लिडरसिपलाई कमजोर गर्नेखालको प्रवृत्ति छ, त्यो स्विकार्य छैन । यसबारेमा हामी स्थायी कमिटी बैठकमा छलफल गर्छौं । बैठक बस्दैछ । यसमा जिम्मेवारीपूर्वक नै छलफल हुन्छ ।’
पुनले माओवादी जनयुद्ध, जनआन्दोलन र आन्दोलनबाट आएको पार्टी भएकोले विचार र राजनीतिलाई केन्द्रमा राखेर हिँडेको बताउदै उनले माओवादीले विचार र राजनीतिलाई केन्द्रमा राखेर विधि, पद्धती र आन्दोलन सञ्चालन गरिरहेको दाबी गरे । उनले माओवादीले विशुद्ध नोकरशाही संगठनात्मक ढंगलाई मात्रै विश्वास नगर्ने बताए । तर, पार्टीमा नेतृत्वको बारेमा जथाभावी बोल्ने र नेतृत्वको खण्डन गर्ने काम पनि भएको भन्दै आलोचना गरे ।
उनले भने,‘पार्टीको मूल स्पिरिटलाई दुरुपयोग पनि गरिएको छ । आफूखुशी जहाँ पायो त्यहीँ बोलिदिने, नेतृत्वको बारेमा खण्डन गर्ने, पार्टीबारे बोल्ने, आफ्नो सहयोद्धाबारे जे पनि बोलिदिने, जे पनि टिप्पणी गरिदिने, पार्टीको स्विकृत कार्यदिशाविपरित पनि बोलिदिने काम भएको छ। आफ्नो कुरा हिँड्दै जानेजस्ता समस्या देखिन्छ । माओवादी आन्दोलन स्वयमसेवी आन्दोलन हो । विचार, राजनीति र कार्यशैली मिल्नेहरु सँगै रहेर देश र जनताको हितमा काम गर्ने आन्दोलन हो, यसलाई नै आधार मानेर बहस र छलफल चलाउनुपर्छ ।’
पुनले पछिल्लो समय सरकारमा १८ महिनामा सरकार सफल भएको उनको दाबी गर्दै माओवादी आन्दोलनलाई सर्भिसिङ गर्ने काम अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु भएको र यो अभियान सफल भएको बताए । उनले आन्दोलन र नेतृत्व सफल हुँदा अर्को कोणबाट प्रहार भएको र विचलन देखिएको आरोप लगाए ।
माओवादी आन्दोलन र नेतृत्व (प्रचण्ड) सफल भएपछि बाहिरबाट प्रहार गरिएको र फुट गराउने प्रयत्न भएको पुनको दाबि छ । उनले भने,‘पार्टीभित्र देखिएको संघर्षको बारेमा भित्रै बहस, छलफल र रुपान्तरणको कोशिस गर्छों । तर, पार्टीबाहिरबाट हुने आक्रमणलाई हामी पार्टीलाई एकताबद्ध गरेर हामी सामना गर्छौं । हाम्रो कमजोरी स्विकारेर जनताको बीचमा जान हामी तयार छौं ।’
उपमहासचिव शर्माले केहि दिन अघि एक कार्यक्रममा नेतृत्वको कडा आलोचना गर्दै अब आफुले नेतृत्व लिन तयार भएको बताएका थिए । उनले नेपालमा कम्युनिष्ट पार्टीबाट प्रधानमन्त्री बनेका मनमोहन बाहेक सबै प्रधानमन्त्रीले लुट मच्याएको आरोप लगाएका थिए । शर्माको अभिव्यक्तिपछि माओवादी केन्द्रमा तरंग पैदा भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।