डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?
२०८२ श्रावण ११ आईतवार
- काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रबृत्तिको आलोचना गरे ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् ।
काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रबृत्तिको आलोचना गरे ।
उनले वर्तमान प्रशासकीय प्रणालीमा दलीय प्रभाव अत्याधिक बढेको उल्लेख गर्दै भने, ‘अहिले दलीय प्रशासकहरु यसरी हावी भएका छन्, त्यो कल्पना गर्नै सकिँदैन । कुन पार्टीको प्रशासक हो, त्यसको घरमा त जानुहुन्छ उहाँहरु । तर अरुको घरमा गएर केछ, कसो छ भनेर सोध्ने चलन हराइसकेको छ ।’
बहुदलीय प्रणालीपछि केही हदसम्म अवस्था सुधारिएको भएपनि गणतन्त्रपछि प्रशासकहरुको शैली नै परिवर्तन भएको उनको भनाइ छ ।
‘हामीले कस्तो देश बनाउन खोजेका हौं ? देशलाई के बनाउने हो ?’ भन्दै उनले राजनीतिज्ञहरुको नैतिकता गम्भीर रूपमा खस्किएको उल्लेख गरे ।
कोइरालाले अहिले संसदमा घटिरहेका घटनाहरूलाई नियाल्दै संसदको स्तरसमेत खस्किएको बताएका छन् । उनले संसदभित्र ‘इथिक्स कमिटी’ गठन गर्नुपर्नेमा जोड दिंदै मन्त्रीहरूलाई आरोप लागेपछि जिम्मेवारी लिन तयार नहुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।
‘कुनै मन्त्रीमाथि चार्ज आउँछ भने उसले ‘म राजीनामा दिन्छु’ भनेर अगाडि बढ्दैन । त्यो आँट नै छैन अहिले,’ उनले भने, ‘कस्तो कार्यपालिका बनाउने हो हामीले ?’
प्रधानमन्त्रीले दिनमा पाँचचोटि भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर भनेपनि त्यो व्यवहारमा देखिनुपर्ने आवश्यकता कोइरालाले औंल्याए । उनले भने, ‘हाम्रो प्रधानमन्त्री दिनको पाँचचोटि भन्नुहुन्छ म भ्रष्टाचार गर्दिन,भ्रष्टाचार गर्न दिन्न । यो भनेर हुँदैन प्रधानमन्त्रीज्यू । अब गरेर देखाउनुपर्यो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’