ओलीले गरे बीपीको प्रशंसा : बीपीले नेपाल र भारतका लागि योगदान गरेका छन।

२०८२ श्रावण ११ आईतवार
सारांश
  • आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन् ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन् ।

 

आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन् ।

 

उनले भने,‘बीपी कोइराला नेपालका लागि मात्रै होइनन् । भारतमा ‘अंगे्रज भारत छोड्दो’ भन्ने आन्दोलनमा पनि पर्नु भएको थियो । भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा बीपीले लुकेर समेत उनले काम गरेका थिए । त्यसकारण नेपालका समाजवादीहरुको र भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो ।’

 

उनले राजनीतिमा कतिखेरको जेल परिन्छ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए । साथै उनले राजनीतिको दौडमा, परिर्वतनको झन्डा बोक्नेहरुमध्ये बीपी कोइराला समेत एक नेता रहेको उल्लेख गरे । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार