भोट बढाउन विमानस्थल थप्ने योजना मान्य हुँदैन : योगेश भट्टराई
२०८२ श्रावण ०८ बिहीवार
- बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउन रोकी प्राथमिकतामा रहेको काम गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउन रोकी प्राथमिकतामा रहेको काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘५५ वटा विमानस्थल सबै सञ्चालनमा पनि छैन, करिव ३०÷३२ वटा संचालनमा होलान् । नीति कार्यक्रममा फेरी विमानस्थल थप्ने कुरा उचित छैन । यो राजनीतिक दबाब हो । दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउनु हुँदैन । यसबाट राष्ट्रको ठुलो क्षती हुन्छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा हुनुपर्छ अरु तत्कालै बनाउनुपर्छ जस्तो मलाई लाग्दैन भएका विमानस्थलको क्षमता बढाउने हो ।’
उनले बैठकमा जनसंख्या, भुगोल, सडक यातायातको पहुँचसँगै विमानस्थलको प्राथमिकताका सन्दर्भमा छलफल गर्नुपर्ने बताए ।
‘नेपाल हालसम्म ५५ वटा विमानस्थल हामीसँग छन् । यो विधेयकमाथी छलफल भईरहदा यस्ता कुरामा पनि छलफल हुनुपर्छ । अव हामीलाई कति वटा विमानस्थल चाइन्छ । हाम्रो जनसंख्या, भुगोल, सडक यातायातको पहुँच आदी कुराहरुको र विमानस्थलको प्राथमिकता के हो भन्ने सन्दर्भ पनि छलफल गर्नुपर्छ ।’
उनले हवाई सेवा प्राधिकरणको नेतृत्वमा नेपाल सरकारको कर्मचारीहरु भन्दा हवाई संस्थाका अनुभवी, क्षमता भएका व्यक्ति महानिर्देशन हुनुपर्ने समेत बताए ।
यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विमानस्थलको सञ्चालन र त्यसनुसारको लगानीलाई एउटै दफामा नराखी छुट्टै बनाउनुपर्ने राय राखिन् । उनले हतारमा विधेयकको खाका तयार पारिएको भन्दै पूर्न तयार गर्न सुझाव दिएकी छन् ।
आज बसेको समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’