विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान जान आवश्यक छ : सांसद खान

२०८२ श्रावण ७ बुधवार
सारांश
  • बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।

काठमाडौं : जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्  । 


बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए । 
उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ती दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् ।

 
‘प्रत्येक बर्ष विदेशमा नेपालीहरु १३ सय ४६ जनाले ज्यान गुमाइरहेका छन् । प्रत्येक दिन नेपालको एयरपोर्टमा नेपालीको लास आउने गरेको छ । १३ जुलाई २०२५ मा बर्षातको कारणले गर्दा २२ बर्षको राजन यादव र रोजिन  ओली २० बर्षको उमेरमा मृत्यु भएको  थियो, अमेरिकामा रहेका दुइ नागरिकको लास अझै नेपाल आएको छैन  । यस प्रति सरकारले ध्यान दिन जरुरी रहेको छ । हामी लास ल्याउन सक्दैनौं, मृतकको परिवारलाई क्षतिपूर्ती दिन सक्दैनौं भने रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज रहेको कुरा रहेको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी  रहेको छ ’ उनले भने  ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार