कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ: अध्यक्ष लिङदेन
२०८२ श्रावण ७ बुधवार
- बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबीनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन् ।
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबीनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन् ।
उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनिति रहेको बताए । उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए । उनले आफुहरु भिजिट भिसाको मात्र विरोध नगरेर भन्दै समग्र भ्रष्टाचारको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
उनले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेसम्म विरोध जारी रहेको बताउँदै सम्बोधन सकेर बैठक बहिस्कार गरे ।
‘हामीले दुई महिनादेखि भिजिटभिसा प्रकरणबारे छानबीनको माग गरेका थियौँ । यसको बाबजुद पनि कांग्रेस र एमाले मिलेर देशलाई सिध्याउने टेन्डर पारेको जस्तो गरिरहेको छ । कांग्रेस र एमालेबिच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने बारे प्रतिस्पर्धा भै रहेको छ । विवादमा आएका मन्त्रीहरुको छानबीन गर्न पनि देखिएको छ । भ्रष्टाचार कहाँ–कहाँ छ भनेर भन्न पर्दैन, भ्रष्टाचार कहाँचाँहि छैन भनेर बुझन् आवश्यक छ । भ्रष्टाचार को जरो र छाता भनेको नै राजनिति हो ।
जबसम्म राजनितिको क्षेत्रलाई कारवाहीको दायरमा ल्याइँदैन, तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न पनि सकिँदैन । संरक्षकको दायरमा रहेको राजनिति नेतृत्वलार्ई छानवीनको दायरामा ल्याउन आवश्यक छ । सार्वजानिक रुपमा जो दोषि छ त्यस्लाई संरक्षण गर्न हुँदैन । हामीले निरन्तर आवाज उठाउँदै गएका छौँ । देशका ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको भिजिट भिसावाला जुन कुरा आएको छ, कमिसन खाएको कुरा आएको छ । यी सबैको छानवीनको लागि उच्च स्तरको छानवीन समिति बनाउन आवश्यक छ । नबनाँउदा सम्म हामी संसदमा विरोध गरिरहने छौँ’ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।