राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा

२०८२ श्रावण ०४ आईतवार
सारांश
  • अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाही अन्यायपूर्ण र पार्टीको विधान विपरित रहेको भन्दै उनी आइतबार उजुरी दिन निर्वाचन आयोग पुगेका हुन् ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आफूमाथि गरेको कारबाहीको विरोध स्वरुप निर्वाचन आयोग पुगेका छन् ।

 

अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाही अन्यायपूर्ण र पार्टीको विधान विपरित रहेको भन्दै उनी आइतबार उजुरी दिन निर्वाचन आयोग पुगेका हुन् ।

 

आयोगबाट निस्कने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित गएर पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशःनिलम्बन गर्ने र पदमुक्त गर्ने प्रकृया सुरु भएको भन्दै आपत्ति जनाए ।

 

उनले भने,‘पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशःनिलम्वन गर्ने र पदमुक्त गर्ने प्रकृया सुरु भएको छ । मलाई पनि पार्टीको उपाध्यक्षबाट पदमुक्त गरियो । मलाई अन्याय भएको हुनाले र मेरो जीवनभरको पार्टीप्रतिको लगानीमा अन्याय गरेको हुनाले म यहाँ आयोग आएको हँु ।’

 

उनले पार्टीको अध्यक्षले यसरी गरिएको सम्पूर्ण कारवाहीहरु विधागत नभएको दाबी गरे ।

 

अध्यक्ष लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट शुक्रबार बर्खास्त गरेका थिए । सो निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले उजुरी गर्न लागेका हुन् । सुर्खेतका गिरीलाई अध्यक्ष लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्ष मनोनित गरेका थिए ।

 

निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्तीकुमारी शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार