ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान

२०८२ असार ३२ बुधवार
सारांश
  • स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औ बार्षिक साधारणसभाको अवसरमा अधिकारीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सो सम्मान प्रदान गरेका हुन् ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ । 


स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औ बार्षिक साधारणसभाको अवसरमा अधिकारीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सो सम्मान प्रदान गरेका हुन् । 


विद्युत प्राधकिरणमा तीन दशक विताएका तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा ऊर्जा विज्ञको रुपमा काम गरेका अधिकारी विद्युत व्यापार, कुटनीति र व्यवस्थापनको विषयका दक्ष व्यक्तिको रुपमा चिनिन्छ । 


इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईज्यूले आफ्नो छोरी स्वर्गीय श्रीनिका गुरागाईको नाममा खडा गरेको कोषमार्फत प्रत्येक बर्ष ऊर्जा क्षेत्रमा  योगदान दिएका व्यक्तित्वहरुलाई एक लाख नगद राशीसहित सम्मान  गरिदै आएको छ । गत बर्ष पूर्व ऊर्जा एवं अर्थ सचिव सुमन शर्मा सो सम्मानबाट सम्मानित भएका थिए । 


सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट इपान उर्जा ज्योती सम्मान २०८२ प्राप्त गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै आफ्नो बाँकी जीवन विद्युत् क्षेत्रको विकास र प्रवद्र्धनमा थप उत्साहित भई समर्पित भइरहने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार