झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारवाहीको माग

२०८२ असार २९ आईतवार
सारांश
  • उनले गत बैसाख ७ गते जुम्ला गएका खानेपानीमन्त्री प्रदीप यादवले संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लामै रहने प्रतिवद्धता जनाएको तर अहिले सो कार्यालय खारेज गरिएकोप्रति आपत्ति जनाए ।

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भिजिट भिसा प्रकरण र जुम्ला आन्दोलनको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।


शाहीले भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यसको छानबिनका लागि संसदीय समिति गठनको माग गरे । उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले निरन्तर आवाज उठाउँदै आएका छौं । यसको संसदीय छानबिन समितिको माग गर्छौं ।’


त्यस्तै, उनले गत बैसाख ७ गते जुम्ला गएका खानेपानीमन्त्री प्रदीप यादवले संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लामै रहने प्रतिवद्धता जनाएको तर अहिले सो कार्यालय खारेज गरिएकोप्रति आपत्ति जनाए ।


‘उहाँकै मिलोमतोमा कार्यालय खारेज गरिएको छ । यहाँ कसको विश्वास गर्ने ? मन्त्रीहरूले पटक–पटक झुट बोल्न थाले जनताका अगाडि । के यस्ता मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?’


शाहीले हालै मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति पनि आपत्ति जनाउँदै सो निर्णय खारेज गर्न माग गरे । उनले भने, ‘२०८२ साल असार २५ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको चलानी नं. ६४७ लाई खारेज गरी पाउँ । अहिले जुम्लामा आन्दोलन भैरहेको छ । यसरी जुम्लामा गएर कार्यालयहरू सार्न पाइँदैन । कार्यालयलाई यथावत राखियोस् ।’


सांसद शाहीले संघीयता कार्यान्वयनका नाममा ग्रामीण क्षेत्रका अधिकार कटौती गर्न नहुने भन्दै केन्द्र सरकारको नीति र मन्त्रीहरूको व्यवहारप्रति आक्रोश व्यक्त गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार