वाम एकता असम्भव छैन, जिम्मेवारी एमालेले लिनुपर्छ : झलनाथ खनाल
२०८२ असार २८ शनिवार
- स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले वामपन्थी आन्दोलन विभाजित हुनुमा मुख्य जिम्मेवारी नेकपा एमाले नै रहेको बताए ।
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले वामपन्थी आन्दोलन विभाजित हुनुमा मुख्य जिम्मेवारी नेकपा एमाले नै रहेको बताए ।
उनले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो । त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।’
उनले एमालेले वामपन्थी एकतामा अग्रसरता लिएमा ठूलो संख्याको वाम शक्तिहरू एकताबद्ध हुन सक्ने सम्भावना अझै बाँकी रहेको बताए । उनले पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने चर्चाका सन्दर्भमा पनि खुलेर अभिव्यक्ति दिएका छन् ।
‘विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा पुनः प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र नेतृत्वको दाबी गर्ने हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ खनालले भने ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति राज्यको व्यवहारप्रति पनि उनले चिन्ता व्यक्त गरे । खनालले भने, ‘रविले गल्ती गरे गरेनन् भन्ने ठोस प्रमाण मसँग छैन । तर, राज्यले उनीमाथि अनावश्यक ज्यादती गरिरहेको महसुस मलाई पनि भएको छ ।’
खनालको चिन भ्रमण पार्टी आन्तरिक सुदृढीकरण, दुई पक्षीय सम्बन्ध सुदृढीकरण र वाम आन्दोलनको एकता सन्देशका लागि भएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।