पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ : प्रधानमन्त्री ओली
२०८२ असार २३ सोमवार
- ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको नेपालमा अपार सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन् ।
‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको नेपालमा अपार सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरू नेपालमा छन्, त्यसमा हामीले ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन, जहाज चाहिन्छ । राम्रा विमानस्थलहरू चाहिन्छन्, राम्रा विमानहरू चाहिन्छन्, विमान चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउन पर्यटनमैत्री वातावरण चाहिन्छ ।’
उनले नेपालका नागरिकलाई पौरखी जनशक्ति भन्दै विदेशिएका तीन लाख नेपालीहरूलाई उदाहरण स्वरूप प्रस्तुत गरे । ‘कामकै लागि तीन लाख मान्छे बाहिर छन्, काम गर्ने जाति हो भनेर नेपालीहरू दुनियाँमा प्रसिद्ध छन्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले विकासका लागि आत्मनिर्भरता अपरिहार्य रहेको उल्लेख गर्दै चीनको उदाहरण प्रस्तुत गरे । ‘अरूले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्ब जनसंख्यालाई कसले खुवाउने? त्यस्तो देशले विकास कसरी गर्यो? आफ्नै पौरखले विकास भएको हो,’ उनले भने ।
उनले नेपालको विकास पनि बाह्य सहयोग मात्रले सम्भव नहुने र आफ्नै मेहनत, नीति तथा स्रोतसाधनको भरमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइयो
-
अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन
-
ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन
-
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी र सचिवमा श्रेष्ठ नियुक्त
-
तथ्याङ्क नियमावली स्वीकृत, के के भयो परिवर्तन ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।