गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटबार्ता
२०८२ असार २३ सोमवार
- परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटबार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
काठमाडौं : गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटबार्ता भएको छ ।
परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटबार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबिचको मित्रवत् सम्बन्ध,नेपालको विकास निमार्ण र शान्ती प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए ।
‘भेटमा दुई देशको विकास, आर्थिक मुद्धाहरुमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ । ’ प्रवक्ता तिवारीले भने, ‘जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा सझेदारी गर्ने लगायतका भएको छ । ’भेटका क्रममा अन्य दुई पक्षिय चासोका विषयमा समेत छलफल भएको उनको भनाई थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
-
ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’
-
अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
-
नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।