बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख

२०८२ असार २२ आईतवार
सारांश
  • आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए ।

काठमाडौं : सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।


आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए । 


उनले भने,‘ ऐन वा कानुनको पूर्ण पालनगरी बेरुजु नबनाउनेगरी काम गर्नेतर्फ जोड दिन जरुरी छ । र यो कसरी गर्न सकिन्छ त्यसतर्फ छलफल केन्द्रीत हुनुपर्छ । वित्तिय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र न्यूनिकरणका उपायहरुबारे विषयगत ढंगबाट छलफल गर्न आवश्यक छ ।’

 
उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आधार भनेको नै आर्थिक स्थितीले तय गर्ने धारणा राखे । यस कारण अर्थतन्त्रलाई कसरी दरिलो बनाएर सहि प्रणालीबाट लैजान सकिन्छ भन्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए । 


उनले भने,‘सुशासन,सुख, समृद्धि र समानताको मुख्य कुरा भनेको आर्थिक स्थितिले तय गर्छ । समाजका विभिन्न विधाहरु राजनीतिक, सांस्कृतिक, साहित्यिकलगायत विभिन्न विधामा सफलता हुन आर्थिक सम्पन्नता हुनुपर्छ । त्यसैले अर्थतन्त्रलाई कसरी दरिलो बनाउने भन्ने आधारभुत कुरा हो । र यो दरिलो भएर मात्र हुँदैन् । सही प्रणालीबाट कसरी लैजान सकिन्छ, उपार्जन कसरी गर्न सकिन्छ भन्नेबारे पनि ध्यान जानुपर्छ ।’ 


देखिएको बेरुजुलाई समयमा नै टुंगो लगाउन तीनै तहको सरकार लागि पर्नुपर्ने उनको भनाइ छ । 


त्यस्तै सोही कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले देशको सम्पूर्ण कुरा अर्थ सुशासनसँग जोडिएको भन्दै यस विषयामा छलफल हुनुपर्ने धारणा राखिन् । छलफलले बेरुजु सम्बन्धी बजेटको निकास गर्ने समेत उनले विश्वास व्यक्त गरिन् । 


‘सार्वजानिक लेखा समिति भनेको देशको अभिन्न अगं हो । देशको सम्पूर्ण कुरा अर्थ सुशासनसँग जोडिएको हुन्छ । यस्तो विषयमा छलफल बारम्बार हुनपर्ने हो, भएको छैन् । यहाँ जिम्मेवार व्यक्तिहरुबीच छलफल भएकाले बेरुजु सम्बन्धी निकाश निस्किन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् । 


उनले आफ्नो कार्यकालको पाँच बर्षको अवधिमा तीन बर्ष वितिसक्दा पनि यसबारे छलफल नभएको गुनासो गरिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार