सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा

२०८२ असार २२ आईतवार
सारांश
  • गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन् ।

काठमाडौं: सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् । 


गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन् । 


गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह‘छिन्नलता’ को जन्ममितिका अवसरमा आइतबार काठमाडौँमा आयोजित समारोहमा सभामुख घिमिरेले संस्थाले आर्थिक विकाससँगै प्रतिभाको क्षमता वृद्धिमा भूमिका निर्वाह गरेको बताए । 


छिन्नलताको १०३ औँ जन्मजयन्ती तथा ४३ औँ ‘छिन्नलता गीत पुरस्कार समर्पण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समाजमा लुकेर बसेका प्रतिभालाई खोजेर सम्मान गर्ने कामको प्रशंसा गरेका हुन् ।


गुठीले यसअघि नै २०८१ को छिन्नलता पुरस्कार गायक रामभक्त जोजिजु र गायिका इतु जोजिजुलाइ प्रदान गर्ने निर्णय गरेको थियो । 


छिन्नलता गीत पुरस्कार भने गीत रचनातर्फ राजेन्द्र रिजाल ,सङ्गीततर्फ आभास (अच्युत फुयाल ) त्यसैगरि युवा प्रतिभा पुरस्कार एसडि योगीलाइ २०८१ सालको लोकप्रिय गीत ’रुकुममै कोट’को  स्वरका र सङ्गीतको लागि प्रदान गर्ने निर्णय भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार