संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यक : उपाध्यक्ष घिमिरे

२०८२ असार १६ सोमवार
सारांश
  • ६७औँ संसद् दिवसको अवसरमा अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संसद्लाई जनमुखी र जीवन्त बनाउनेतर्फ ध्यान दिन सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरेकी हुन् ।

काठमाडौं : राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदको जनउत्तरदायी, पारदर्शी र प्रभावकारी कार्यसम्पादनको आवश्यकतामाथि गम्भीर समीक्षा गरिनुपर्ने आवश्यकता औँल्याएकी छन् । 


६७औँ संसद् दिवसको अवसरमा अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संसद्लाई जनमुखी र जीवन्त बनाउनेतर्फ ध्यान दिन सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरेकी हुन् ।


उपाध्यक्ष घिमिरेले लोकतान्त्रिक मूल्य–मान्यता संस्थागत गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न र सुशासन प्रवद्र्धन गर्न संसद् बलियो हुनुपर्ने धारणा राख्दै भनिन्, ‘संसद् बलियो हुँदा मात्र शासन जनउत्तरदायी हुन्छ र जनताले लोकतन्त्रको लाभ प्रत्यक्ष रुपमा महसुस गर्न सक्छन् ।’


सन्देशमा उनले राजनीतिक दल, सांसद, नागरिक समाज, सञ्चारमाध्यम र आम जनताबीचको समन्वय र साझा प्रतिबद्धताले मात्र संसद्को गरिमा पुनःस्थापित गर्न सकिने बताउँदै लोकतन्त्रप्रति जनताको भरोसा कायम गर्न संसद्को भूमिकामा सुधार आवश्यक रहेको स्पष्ट पारिन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार