चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुदैँ राससका महाप्रबन्धक राई
२०८२ असार ०९ सोमवार
- सोमबार राससले महाप्रबन्धक राईलाई सम्मानसहित विदाइ गरको हो । राई २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त भएका थिए ।
काठमाडौं : राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा भएका छन् ।
सोमबार राससले महाप्रबन्धक राईलाई सम्मानसहित विदाइ गरको हो । राई २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त भएका थिए ।
उनले रासस छोड्ने क्रममा चार वर्षसम्म गरेको सबै कार्य राससको हितको लागि भएको भन्दै यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको बताए ।
उनले भने, ‘मैले राससमा जे जति काम गरे । ती सबै कार्य राससको हितमा गरे भन्ने मेरो बुझाई छ । मैले जानीजानी संस्थाको अहितमा कुनै काम गरिन, अन्जानमा गरेको भएपनि मेरो जानकारीमा छैन । आज रासस नेपाली मिडियाको लागि अपरिहार्य बन्दै गएको छ । यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको छ । यो कार्य आगमी नेतृत्वमा देख्न पाइयोस ।’
सो अवसरमा रासस व्यवस्थापन र राससका पेशागत सङ्घ सङ्गठनकोतर्फबाट महाप्रबन्धक राईलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’