- रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन् ।
शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए ।
उनले आफूहरुले अघि सारेका पाँच बुँदे माग पुरा नहुँदासम्म संसदमा आन्दोलन जारी राख्ने बताए । उनले आउने महाधिवेशनमा पनि संविधानले दिएसम्म पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।
‘जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसमै अडिन भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक हुँदैन्,’ उनले भने ।
‘रास्वपा स्थापनाकालदेखि नै उतारचढाबपूर्ण अवस्थामा छ । यथास्थितीमा रमाउने दलहरुले राजनीतिक प्रतिशोध साँधेका छन् । तथापि देशैभरि सांगठनिक अभियान व्यापक रुपमा चलिरहेको छ । जनताको आवाज बोल्ने कोशिसमा छौँ,’ उनले अगाडि भने,‘ यसैविचमा भिजिट भिसा प्रकरणको लागि आन्दोलनमा उत्रिनुपर्यो । जुन उद्देश्यले पार्टी खोलेका थियौं त्यसैमै अडिन भएर काम गरि रहेका छौँ । नेतृत्वलाई जुन किसिमको प्रतिशोध साँधेर कारागार चलान गरिएको छ, त्यसमा कारागारका चारवटा भित्ता र टिनको छ्राँयाले आफ्नो विचारमा निर्भिक भएर देश बनाउने जुन अभियान सन्चालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्दक बनेको छैन ।’
‘माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहन्छ’
कार्यक्रममा रास्वपाकै अर्का सांसद शिशिर खनालले अहिले दुइवटा राजनीतिक दलहरुले गम्भीर विषय उठाउँदा पनि संसद संचालन गरिएको आपत्ति जनाए ।
उनले आफूहरुले उठाएका माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहने दावी गरे ।
उनले मानव तस्करीको मुद्दालाई न्यायोचित ढंगमा पुर्याउने बताए । उनले पार्टीको पाँचयस बढी पालिकामा समिति निर्माण गरेको जानकारी दिंदै संगठन विस्तारमा क्रियाशील रहेको जानकारी दिए ।
‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाब पूर्ण यात्रा गरेका छौं । कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगाले प्रस्तुत हुने तयारीमा लागेका छौं,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।